समाचार समाज

उप-राष्ट्रपति नन्द बहापुर पुन द्वारा थिमिको भैरब नाच:अवलोकन

Buzz Education

श्रावण -२८-मध्यपुर थिमि स्थित लायकु दरबार बाट यस बर्ष निकालिएको भैरब नाच अर्थात भैल प्याख : उपराष्ट्रपति नन्द बहादुर पुनः द्वारा अवलोकन गर्नु भएको छ । बेलुकी 9 बजे लायकु दरबार बाट निक्लिएको नाच बालकुमारी मन्दिर प्राङ्गण पुगे पश्चात उपराष्द्रपति द्वारा नाच अबलोकन गर्नु भएको थियो । सयौं बर्ष पुरानो ऐतिहासिक भैल प्याखं हेर्न प्रमुख जिल्ला अधिकारी रुद्रा देबी शर्मा, प्रदेश सांसद राजेन्द्र मान श्रेष्ठ, अनिता प्रजापति,मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ , उपप्रमुख बिजय कृष्ण श्रेष्ठ, बिभिन्न वडाका वडा अध्यक्षहरू लगायत अन्य बिशिष्ट व्यक्ति हरुको समेत उपस्थिति रहेको थियो । मध्यपुर थिमि नगरपालिकाको निमन्त्रणामा अहिले सम्मकै उच्च पदस्थ विशिष्ट व्यक्तिद्वारा नाच अवलोकन गरीएको भने पहिलो पटक हो । बिगत ४० बर्ष देखि सन्चालन हुन नसकेको भैरब नाच निर्वाचित जनप्रतिनीधिले नगरपालिका सम्हाले पश्चात स्थानियको पहलमा पुन सञ्चालनमा आएको हो । तर बिगत २ बर्ष भने बिश्वव्यापि कोरोना महामारीका कारण स्थगन गरीएको थियो । भैल प्याखं नचाईएमा देशमा भुतप्रेतले दुखः नदिने र शान्ति हुने आदि हुने स्थानियको बिश्वास छ ।
भैलः प्याखं संगै आजै बाट सुरु भएको ऐतिहासिक महाकाली नाच पनि उप राष्ट्रपति द्वारा अवलोकन गर्ने कार्यक्रम तय गरिएको भएतापनि प्रतिकुल मौसमका कारण स्थगन गर्न परेको बताईएको छ । गाईजात्राको भोलिपल्ट बाट चार रात नचाईने यस नाचमा दुई भैरब, दुई डांगीं, र एक ज्यापुंग सहित ५ जनाको देबगण टोली यस्मा समावेश हुन्छ । यस्मा धां बाजा, मुहाली, भुस्या , पोङगा, ता : लगायतका बाजाहरूको प्रयोग गरीन्छ भने रातको समयमा मध्यपुर थिमिको बालकुमारी देखि चपाचो : सम्मका बिभिन्न स्थानहरूमा यस्को प्रदर्शन गर्ने गरीन्छ । जात्रामा हजारौं भक्तालु तथा स्थानीय बासिको उत्साहजनक सहभागीता रहने गर्छ ।

 

Buzz Education

ताजा समाचार

१० हजार घुस सहीत धनुषामा नायब सुब्बा पक्राउ

Madhyapur Diary

सिद्दार्थ साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न ।

Madhyapur Diary

काठमाडौँ जिल्ला प्रहरी परिसरले घरधनीहरूलाई विशेष आग्रह गरेको छ। प्रहरीले कोठा वा घर भाडामा दिँदा डेरामा बस्ने व्यक्तिहरूको आधिकारिक विवरण राख्न घरधनीहरूलाई सुझाएको

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy