समाचार समाज स्वास्थ्य

अब मध्यपुरबासीले निशुल्क रगत पाउने

Buzz Education

श्रावण – ४ – मध्यपुर थिमि नगरपालिकाले रगत आवश्यक पर्ने नगरका विरामीलाई अबदेखि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । बुधबार मध्यपुर थिमि नगरपालिकाका कार्यालयमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका कार्यवाहक सभापति कृष्णेश्वरी हाडा द्वारा हस्ताक्षर गरी निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
मध्यपुरथिमि नगरपालिकाका रगत आवश्यक पर्ने विरामीहरुले आफ्नो परिचय खुल्ने कागजातका आधारमा यहि साउन १ गतेबाट नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरबाट निःशुल्क रगत पाउने ब्यबस्था गरिएको बताईएको छ भने त्यस वापत लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले उपलब्ध गराउने गरी सम्झौता सम्पन्न भएको हो। यस अतिरिक्त रक्तदानका कार्यक्रमहरुमा पनि नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई सहयोग गर्ने व्यहोरा पनि सम्झौता पत्रमा उल्लेख गरिएको बताईएको छ ।
भक्तपुरमा यस अघि चाँगुनारायण नगरपालिकाले पनि यहि साउन १ गतेदेखिनै निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता गरी सकेको छ ।

Buzz Education

ताजा समाचार

ललितपुरको इमाडोलमा दुई बालकसहित आमाको पनि उपचारको क्रममा निधन

Madhyapur Diary

लकडाउन बिरुद्ध अष्ट्रेलियामा प्रदर्शन

Madhyapur Diary

मध्यपुर थिमि ३ सुन्दर नगर सुधार समितिको छैठौ अधिवेशन तथा नवौ साधारणसभा सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy