अर्थतन्त्र समाचार

मध्यपुर थिमि नगर पालिकाको छैठौ नगरसभा अधिवेशन सम्पन्न ।

Buzz Education

असार -२०- मध्यपुर थिमि नगरपालिकाको छैठौ नगर सभा महाधिवेशन सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका वडा न ८ स्थित कृषि बिकास बैकको तालिम केन्द्रमा सम्पन्न भएको उक्त अधिधिवेसन बाट नगर शिक्षा बिधेयक, नगर स्वास्थय बिधयेक , बिपद जोखिम न्युनीकरण ब्यबस्थापन बिधेयक र नगर सहकारी बिधेयक सर्वसम्मत पारीत गरीएको छ । नगर शिक्षा विधेयक श्री कृष्ण श्रेष्ठ, स्वास्थ्य बिधेयक ज्ञानदास प्रजापति, बिपद जोखिम न्युनीकरण ब्यबस्थापन विधेयक रमेश थापा श्रेष्ठ र सहकारी बिधेयक सानकाजी राजबाहक द्वारा प्रस्तुत गर्नु भएको थियो ।

 

त्यस्तै आर्थिक बर्ष २०७९/८० को लागि मध्यपुर थिमि नगर पालिका अन्तरगत कमेरोटार जग्गा एकिकरण आयोजना र नेपाल कोरिया मैत्री अस्पताल सहितको गरी जम्मा ३ अर्ब १५ करोड १० लाख ५८ हजार बजेट सर्वसम्मत रुपमा पारित भएको छ ।

उपप्रमुख बिजय कृष्ण श्रेष्ठ द्वारा प्रस्तुत गर्नु भएको बिनियोजन बजेट सर्वसम्मतले पारीत गरेको छ । सुखी , समृद्ध मध्यपुर बनाउने अठोटका साथ सम्पन्न भएको उक्त छैठौ अधिवेशन सर्वसम्मति बाट स्वास्थ्य, शिक्षा, सहकारी तथा बिपद, व्यबस्थापन ऐन तथा बजेट पारीत भएसंगै आगामी दिनमा मध्यपुरको बिकासमा टेवा पुग्ने अनुमान गरीएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर- ४ बप्पा स्थित बिशेश्वर मन्दिर उदघाटन गरीयो ।

Madhyapur Diary

चन्द्रागिरीमा हिउँले पुरीएको अवस्थामा युवक मृत फेला ।

Madhyapur Diary

मंशिर ४ को प्रदेश सभा चुनाबमा मध्यपुर कांग्रेसका कुन कुन नेताको छ उम्मेदबारी सम्भाबना ?

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy