समाचार समाज स्वास्थ्य

मध्यपुर थिमि सिद्धिकाली चोकस्थित जुजु फार्मेसीले ३ दिने स्वास्थ्य शिबिर गर्ने ।

Buzz Education

पुष –२४-मध्यपुर थिमि नगरपालिका वडा न ६ सिद्धिकाली चोक नेपाल कोरिया मैत्री अस्पताल मार्गमा अवस्थित जुजु फार्मेसिले पुष २८,२९ र ३० गते सुरुमा नाम टिपाउने २०० जना सम्मको लागि पूर्ण रूपमा निशुल्क सुगर परीक्षण, निशुल्क मधुमेह, थाईरोईड, कोलेस्ट्रोल, प्रेसर र हर्मोन रोगको डाक्टर चेकअप र डाक्टर परीक्षण पश्चात निशुल्क औषधिको ब्यबस्था , ल्याब टेस्टमा ५० %  छुट अन्य औषधिमा ५० % सम्म छुटको ब्यबस्था सहित र २०० जना पछाडी नाम टिपाउने बिरामीहरुको लागि ५० % सम्मको छुट सहित स्वास्थ्य परिक्षण तथा औषधिमा सहुलियत दिने गरी तीनदिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सिद्धिकाली चोकस्थित शुभश्री ब्याङक्वेटमा उक्त शिविर सञ्चालन हुने बताईएको छ भने स्वास्थ्य परीक्षण जुजु फार्मेसीको आफ्नै  मेडिकल क्लिनिकमा गरीने फार्मेसी सह सञ्चालक तुल्सी धेकेले मध्यपुर डायरी संबाददातालाई बताउनु भयो।


बिगत २ बर्ष देखि सन्चालनमा आई सेवाग्राहीको मन जित्न सफल जुजु फार्मसीले दुई महिना अगाडीबाट आफ्नै क्लिनिकमा स्वास्थ्य उपचार सेवा समेत सुरु गरेको छ । फार्मेसीले बालरोग, छाला तथा यौन रोग, महिला तथा प्रसुति रोग लगायत अन्य रोगहरूको विशेषज्ञ डाक्टरहरु मार्फत सेवा दिंदै आएको अर्का सह सन्चालक अमित श्रेष्ठले बताउनु भयो ।
शिबिरमा अल्का हस्पितल तथा मध्यपुर हस्पितलमा कार्यरत डा.सुनिल पोखरेल लगाएतका टिमले सेवा प्रदान गर्ने बताईएको छ । शिबिरमा सहभागि भई लाभ लिन चाहनेले पुष २७ गते भित्र नाम टिपाई सक्नु पर्ने जनाईएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर – ४ मा शंखधर मार्ग (बाररीलाँ ) दशै तिहार बजार महोत्शब शुभारम्भ

Madhyapur Diary

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु ।

Madhyapur Diary

अमेरिकामा नेपाल संवत ११४३ को उपलक्ष्यमा म्युजिक भिडियो ” भिन्तुना ” सार्वजनिक ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy