
मंशिर २९ – मध्यपुर थिमि स्थित नेपाल कोरिया मैत्री अस्पतालमा थप बिस्तारित ओ.पि.डी २०७८ साल पुष १ गते बाट छुट सहितका बिभिन्न प्याकेज सन्चालनमा आउने भएको छ । मंशिर २९ गते उक्त कुराको जानकारी दिन नेपाल कोरिया मैत्री अस्पतालमा आयोजित पत्रकार सम्मेलन कार्यक्रमका क्रममा पुष १ गते बाट लागु हुने गरी अस्पतालले दिने सेवाको नयाँ प्याकेजको बारेमा जानकारी दिईएको हो ।स्वास्थ्य विमा बोर्डबाट ९ करोडको भुक्तानी हुन बाकी रहेकोमा हाल सम्म रु ३ करोड मात्र भुक्तानी प्राप्त भएको हुनाले स्वास्थ्य विमा सेवा बन्द गर्नु परेको बताउनु हुँदै नगरप्रमुख तथा अस्पतालका अध्यक्ष मदन सुन्दर श्रेष्ठले स्वास्थ्य विमा सुचारू नहुञ्जेल सम्मका लागि अस्पतालले नयाँ योजनाको घोषणा गर्नु परेको बताउनु भएको हो । अस्पतालको सेवालाई आगामी दिनमा संख्यात्मकता भन्दा पनि गुणस्तरिय बनाउने लक्ष्य रहेको बताउनु हुदै उहाँले पुष १ गते देखि लागु हुने गरी बिहान ८ बजे देखि १० बजे सम्म बिस्तारित स्वास्थ्य सेवा नंया दर्ता रु . ४५० र पुरानो दर्ता रू ४०० हुने बताउनु भयो ।
त्यस्तै बिहान १० बजे देखि दिउसो ३ बजे सम्म सबै बिभागहरूमा सामान्य ओ .पि.डी नंया दर्ता रु १२५ र पुरानो दर्ता रू ७५ रहने छ ।
दिउसो ३ बजे देखि ५ बजे सम्म बिस्तारित स्वास्थय सेवा नया दर्ता रू ४५० र पुरानो दर्ता रू ४०० हुने पनि उहाले जानकारी गराउनु भयो ।
साथै आई.पि.डि स्वास्थय सेवा लिने हरुका हकमा पुष १ गते बाट नै लागु हुने गरी बिभिन्न छुटहरुको पनि ब्यबस्था गरिएको जनाईएको छ । जस अनुशार ८० बर्ष भन्दा माथीका हकमा ५०% छुट को व्यबस्था गरीएको छ भने ७० बर्षको भन्दा माथिका बिरामीका हकमा २५% छुटको ब्यबस्था गरीएको छ । मध्यपुर थिमि नगरपालिकाका स्थानीय नगरबासीहरूका हकमा १० % छुटको ब्यबस्था गरिएको अस्पतालका अध्यक्ष मदन सुन्दर श्रेष्ठले पत्रकारहरूलाई जानकारी गराउनु भयो ।

