समाचार

भक्तपुरको सिद्धपोखरीमा डुबेर युवकको मृत्यु

Buzz Education

 

शनिवार भक्तपुरको सिद्ध पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।भक्तपुर नगरपालिका वडा नं. १ दूधपाटीस्थित सिद्धपोखरीमा शनिबार डुबेर एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलका २७ वर्षे राजेश सुलु रहेको प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी लोकबहादुर जिसीले बताए।

शनिबार साँझ पौने पाँच बजे पोखरीमा डुबेको भन्ने जानकारी पाएलगत्तै उद्धारका लागि प्रहरी पुगेको थियो। उद्धारपछि भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Buzz Education

ताजा समाचार

भक्तपुरमा २४ घण्टाभित्र सडक खाल्डाखुल्डी पुर्न निर्देशन ।

Madhyapur Diary

शाहरूख पुत्र आर्यन खान जमानतमा रिहा ।

Madhyapur Diary

मध्यपुरमा नेपाल संबत एप र पात्रो सार्वजनिक हुँदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy