समाचार समाज स्वास्थ्य

मध्यपुर -४ लायकुमा बृहत स्वास्थ्य शिबिर सम्पन्न । ३२५ ब्यक्तिले जचाय मुटु

Buzz Education

असोज -१३ -विश्व मुटु दिवशको अवशरमा मध्यपुर थिमि वडा – न -४ लाएकु स्थित आदर्श उच्च माध्यामिक बिद्यालय परिसरमा बृहत्त निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । लाएन्स क्लब अफ काठमान्डौ लर्ड बुद्ध र लायन्स क्लब अफ बागमती गौतम बुद्धको आयोजनामा २०७८ -६-१३ गते बुधबारका दिन बृहत निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम आयोजना भएको हो ।

बृहत स्वास्थ्य शिबिर, थिमि लायकु
बृहत स्वास्थ्य शिबिर, थिमि लायकु

बिहान ८ बजे देखि बेलुकी ४ बजेसम्म सञ्चालन भएको उक्त शिबिरमा करिब ५ सय सेवाग्राहीको निशुल्क रूपमा बिज्ञ चिकित्सकहरूबाट मुटु जाच, दन्त शिबिर, डाईट काउन्सिलिङ, जनरल चेकअप गरीएको थियो भने आवश्यकता परेका व्यक्ती हरुलाई २ महिना सम्मको निशुल्क औषधि बितरण पनि गरीएको थियो।

डा. भगवान कोईरालाको प्रमुख अतित्यथामा सम्पन्न भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जना देवी मधिकर्मी, आदर्श उच्च माध्यामिक बिधालयका प्राचार्य बुद्धि कुमार घो श्रेष्ठ , लायन्स क्लब अफ काठमान्डौ लर्ड बुद्धका चार्टड प्रेसिडेन्ट बिष्णु भण्डारी तथा लायन यमुना भण्डारी लगाएतका व्यक्तित्व हरुको उपस्थिति थियो ।

बृहत स्वास्थ्य शिबिर, थिमि लायकु
बृहत स्वास्थ्य शिबिर, थिमि लायकु

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा १८ जना डाक्टर तथा नर्सहरूको संयुक्त टोलिले ३२५ जना स्थानीय बासिन्दाहरुको मुटु जाँच गरिएको लायन्स क्लब अफ काठ्मान्डौ लर्ड बुद्धका first. v.p मदन भन्डारीले जानकारी दिनुभयो । उक्त शिविरमा आवश्यकता अनुशार निशुल्क ईसिजी र ईको सम्मको जाँच गरीएको बताईएको छ ।

बृहत स्वास्थ्य शिबिर, थिमि लायकु
बृहत स्वास्थ्य शिबिर, थिमि लायकु

लायन्स क्लब अफ काठ्मान्डौले बिगतका बर्षहरूमा मुटु सम्बन्धी शिविरहरू बिकट जिल्लाहरूमा गर्दै आएको छ ।
बर्तमान अवस्थामा मुटुरोगी हरू बढ्नुका बिभिन्न कारणहरूबारे बताउनुहुँदै बरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. भगवान काईलाले धुम्रपान, मद्यपान नगरी स्वस्थ जीवन शैली अपनाउन सकेमा मुटुरोगबाट बच्न सकिने बताउनुहुन्छ ।

डा. प्रा . भगवान कोईराला
डा. प्रा . भगवान कोईराला

लायन बिष्णु भण्डारी ( District 325 B – 1 क्लष्टर प्रमुख ) ले बिगतमा पनि बिकट गाउँहरूमा गदै आएको बृहत्त स्वास्थ्य शिबिर भोलिका दिनमा अझै दुर्गम गाउँगाउँ सम्म पुर्‍याउने बताउनु भयो।

बिज्ञापन
बिज्ञापन

ब्लुक्रस, ऐरा, ऐरो र सुमि लगाएत कम्पानीहरूले निशुल्क रूपमा औषधि बितरण गरिएको बलुक्रस लेबोरोटरीका सन्तोष ओझाले बताउनु भयो ।

Buzz Education

ताजा समाचार

राष्ट्रिय युवा संघ नेपालको मध्यपुर थिमि ९ वडा कमिटी घोषणा कार्यक्रममा मा. महेश बस्नेतले के के भने ?

Madhyapur Diary

शनिवार सम्पन्न तेस्रो खेलमा वडा न ९ को जित ।

Madhyapur Diary

निलबाराही नाचका देवगणलाई मध्यपुर थिमि नगरपालिका द्वारा पुजा अपर्ण गरीयो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy