
नेपाल कम्युनिट पार्टी (एकिकृत समाजबादी )ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ । सरकारले दल बिभाजन गर्न सजिलो हुने गरी ल्याएको अध्यादेश फिर्ता लिए संगै एकिकृत समाजबादीले मन्त्री हुने हरुको नाम टुंगो लगाएको हो ।

एकिकृत समाजबादीबाट बिरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाक्री, प्रेम आले मगर, जीवन राम श्रेष्ठ, मेतमणी चौधरी रहेको बुझिएको छ ।
नेता मेटमणी चौधरीले मन्त्री बन्नेको नाम चयन भएको पुष्टि गरेका हुन ।

