Uncategorized राजनीति समाचार

महेश बस्नेतलाई देउवाको चुनौति मलाई हैन दुर्लभ थापालाई हराएर देखाउनुस ।

Buzz Education

 

काठमाडौं।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर पुगेर पार्टीको वडा अधिवेशनको सुरुवात गर्ने क्रममा कांग्रेसले आगामी चुवानमा बलियो पकड बनाउने बताएका छन । देउवाले सूर्यविनायक नगरपालिकाको ५ नम्बर वडा अधिवेशन सुरु गर्दै अब स्थानीय तथा संसदीय चुनावमा कांग्रेसले राम्रो नतिजा ल्याउने दाबी पनि गरे।

सम्बोधनका क्रममा देउवाले विपक्षीमाथि व्यङग्य पनि गर्न भ्याए। आफूलाई भक्तपुरका एमाले सांसद महेश बस्नेतले  चुनावमा आउन चुनौती दिएको स्मरण गर्दै देउवाले त्यस्को जवाफ पन फर्काएका छन ।

advertisement प्रधानमन्त्री देउवाले आगामी चुनावमा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापालाई हराएर देखाउन भन्दै बस्नेतलाई चुनौति दिए। भक्तपुरमा आफू आइरहनु नपर्ने भन्दै देउवाले थापालाई हराएर देखाउन बस्नेतलाई चुनौती दिएका हुन्।

advertise

यसअघि, एमाले नेता तथा सांसद बस्नेतले देउवालाई भक्तपुर आएर आफूसँग चुनाव लडेर देखाउन चुनौती दिएका थिए। बस्नेतले अबको चुनावमा कांग्रेस पत्तासाफ हुने भन्दै देउवालाई खुला चुनौती दिएका थिए।

बस्नेतकै निर्वाचन क्षेत्रमा गएर देउवाले चुनौती फर्काएका हुन्। देउवाले सहज रुपमा वडा अधिवेशन पूरा गर्नका लागि पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

Buzz Education

ताजा समाचार

ओपन फुटसल टुर्नामेन्टमा बेभ फुटसल क्लब बिजेता/बोडे फुटसल उपबिजेता ।

Madhyapur Diary

निलबाराही नाच

Madhyapur Diary

अष्ट्रेलियामा बस्ने मध्ययुरबासीहरुद्वारा मण्डेकाजी सम्मानित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy