समाचार समाज स्वास्थ्य

रुघाखोकी सजिलै निको पार्न अपनाउनुस् यी घरेलु उपाय

काठमाडौं । जाडो लाग्न थालेपछि रुघाखोकीले समात्ने सम्भावना हुन्छ । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । त्यो भनेको नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुनु हो । बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ ।
बाफ : पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दुई मिनेपछि त्यो पानीको बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ ।

सर्स्युँको तेल : एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस् । नाक खुल्छ ।

नूनपानी: पानीमा नून हालेर घोल बनाउनुस् र त्यो घोलले नाक धुनुस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ । नाक सेक्ने: एउटा सफा रुमाल तातो पानीमा हाल्नुस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नुस् । यसो गर्दा आराम अनुभव गर्नुहुनेछ ।

तुलसीको पात : बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ ।

मह: महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ । एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस् । नीलगिरीको तेल अनि लसुनको सूपले पनि बन्द नाक खुलाउँछ । 

ताजा समाचार

११ औं खेलमा वडा न ५ र ७ को खेल १-१ गोलको बराबरी

Madhyapur Diary

अमेरिकी दुताबास अगाडी प्रदर्शण ६ जना पक्राउ

Madhyapur Diary

जनकपुरमा खानेपानीका शाखा प्रमुख कुटपिट तथा अर्धनग्न नगर परिक्रमा

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy