Uncategorized

सुख : मात्र एक दृष्टिकोण

  • जिन्दगीको यात्रामा सधै खुशी कहां भेटिन्छन र ? सधै राम्रो र मिठो पनि कहाँ पाइन्छ र ? प्राय संसारका सबै मानिस दुखि नै छन । हो प्राय मानिस सुखकै खोजिमा सारा जिन्दगी बिताई दिन्छन । तर न त शुख प्राप्त हुन्छ न त सुखको यात्रा नै सकिन्छ । फगत एउटा काल्पनिक सुख को कल्पनामा आज संसारभरी प्राय सबै मानिस भौतारीरहेका छन । सुखको खोज एउटा अन्त्यहीन यात्रा हो । सुखको खोजिमा हिंड्दा मानिसले पाउने त आखिर पिडा र दर्द नै हुन ।
    एउटा कस्तुरी हो मानिस । जो सदा सबर्दा भौतारीरहन्छ जिन्दगीभर मिठो बास्नाको खोजीमा जस्लाई थाहा छैन आखिर त्यो मुग्ध बनाउने मिठो बास्ना त आखिर उस्कै शरीरबाट आईरहेको छ । मानिस र मृगमा आखिर समानता यही कुरामा भेटिन्छ । आफै संग खोज्नु पर्ने सुख मृग जस्तै किन आखिर भौतारीएर खोज्दै हिंड्छ मानिस ?
    जिन्दगीमा हामी सायद अरुकै कुराहरू बढी सुन्छौ हामी । त्यसैले त प्राय मानिस अरूले जे गर्‍यो त्यही गदै हिंदछौ अरूले जे सुनायो त्यो सुन्दै हिड्छौ । सुन्नु पर्ने के सुनिरहेका छौ के ? गर्नु पर्ने हो के ? गरीरहेका छौ के ? हो आजको आवश्यकता यिनै प्रश्नहरुको उत्तर खोज्नु नै हो ।
    मानिस जन्मिन्छ, जे जस्तो परिवेशमा जन्मिन्छ उस्तै परिवेशमा हुर्किन्छ, र उस्ले बातावरण अनुकुल बिचार र आचरण ग्रहण गर्दै लग्छ । मानिस भन्नलाई शिक्षाको पछि लागेको भनिएपनि, सम्पतिको पछि लागेको भनिएपनि आखिर उ सुखकै खोजमा भौतारिंदै हिंडेको प्राणी हो भनेर बुझ्नु पर्छ । चाहे जानीजानी होस या अन्जानमा मानिसले खोजेको भनेकै सुख हो ।
    बास्तबमा सुख कुनै भौतिक बस्तु हैन जस्लाई खोजेर या किनेर पाउन सकिन्छ । यो त केबल एउटा अनुभूति हो । एउटा शोच्ने शैली हो । सुख एउटा बैचारीक दृष्टिकोण मात्रै हो । जिन्दगीका सबै पक्षलाई नियालेर हेर्ने हो भने सुख अतृप्त प्यास हो । बाटोमा कहिले काहिं एक दुई घुट्को पानी पिएर प्यास मेटाउन त सकिन्छ तर त्यो प्यास कहिल्यै तृप्त नहुने प्यास मात्रै हो ।
    जो संग धन छैन उस्ले सुखको रूपमा धनलाई देख्छ । कोही रोगी छ भने स्वास्थय उस्को लागि सुख हो । कोहि भोको छ भने खाना उस्को शुख हो जस्को प्राप्तिमा उ लागेको हुन्छ । तर यी सबै खालका भौतिक सुख हासिल गरेका मानिसहरू पनि आखिरमा खुशि र सुखि हामी मस्किलले देख्न सक्छौ।
    समय ,काल र परिस्थिति अनुसार सुख फरक फरक हुन सक्छ । एक व्यक्तिको लागि सुख कहलिएको बस्तु अर्को ब्यक्तिको लागि दुखः साबित हुन सक्छ ।
    आखिर बाहिर खोजेर नपाईने तर आफै भित्र खोजेमा पाउन सकिने त्यो कुन चिज हो त सुख ? त्यसो भए कसरी खोज्ने त सुख आफै भित्र ?
    हो सुख एउटा अनुभूति वा दृष्टिकोण वा बिचार शैली मात्रै हो आखिर कसरी ? त्यसो भए त्यो बिचार शैली कसरी निर्माण गर्न सक्छौ हामी? हजारौ लाखौ हैन करोडौ मानिस आज यही ज्ञानको अभाबमा मात्र डौडिरहेका छन । उनीहरू डौडिरहेका छन तर थाहा छैन उनीहरूलाई आखिर उनिहरु कुन दिशामा डौडिरहेका छन अनि के का लागि डौडीरहेका छन । उद्देश्यहीन भयर यसरी नै मानिस एउटा कान बोकेर उडिरहेको काल्पनिक कागको पछाडी लागिरहेका छन ।
    सुखको प्राप्ति यदि एउटा बिचार परिवर्तन वा बिषय र बस्तुलाई हेर्ने दृष्टिकोण मात्रै परिवर्तन गर्नु हो भने त्यस्का लागि आखिर गर्ने के त ?
    शायद यो बिचार शैली औषधि खाएर स्वास्थ्य लाभ लिनु जस्तो पनि सजिलो छैन। आजको भोलि नै प्राप्त नहुने यो बिचार शैलिका लागि केबल एउटै कुराको जरूरत पर्छ भने त्यो हो निरन्तर आत्म चिन्तन ।
    बास्तबमा मानिस शरीरले ठूलो हुँदै जान्छ तर प्राय मानिस बिचार र बुद्धिमा बाल्यकालमै अडकिरहेको हुन्छ। एउटा बालक जुन रूपमा स्वार्थी छ, मतलबि छ, आत्म केन्द्रित छ त्यही रूपमा उस्को उमेर संगै सोचाईमा परिवर्तन आएको पाइंदैन । हिजोको बालक स्वार्थी वा घमण्डी छ भने ठूलो हुदै जांदा उ निस्वार्थ बन्दै जानुपने हो । बोली ब्यबहार र व्यक्तित्व शालिन र सौम्य हुँदै जानु पर्ने हो । उ त जति उस्लाई प्राप्त भएको छ त्यो भन्दा धेरै उस्लाई प्राप्त होस भन्ने मात्रै चाहन्छ । चाहे उस्ले सुन्य बाट सुरु गरेर करोडौको श्री सम्पति किन जोडेको नहोस, त्यागको रूपमा एक रुपैया त्याग्न पनि आनाकानी गर्छ । अरुको आलोचना गरेर रमाउने आदत भईसकेको मानिस अरुले सानोतिनो छेडखानी गर्दा पनि राति सुत्न सक्दैन । हिजो आफू गरीब छंदा दुख पाएं भनेर रुंदै हिड्ने, आफु जस्तै अरुलाई सहयोग गर्दै हिंड्ने उ जसै समयले कोल्टे फेर्छ, उ आफ्नो धरातल भूल्न हतारिन्छ ।
    आमा ,बुबा ,, मित्र , दाजु, भाई सबैको गुण उपकार बिर्सन एकछिन समय लगाउँदैन मानिस । हारको दोष सबैलाई दिंदै हिड्छ तर जितको जस एक्लै लिन खोज्छ । आगोले के पोल्छ मानिसलाई जति ईर्ष्या र जलनले पोल्छ । आफूले कार किन्दा खुशी हुने मान्छेको मन छिमेकिको आंगनमा आफ्नो जस्तै कार देखे भने ३ दिन खाना रुच्दैन ३ दिन निंद्रा लाग्दैन मानिसलाई ।
    हो फेरी पनि भन्छु सुख एउटा चेतना स्तर हो । यो आत्म अनुभति हो । किनकि यो कलालाई जानियो भने हामी संसारको सबैभन्दा कंगाल र दरिद्र अवस्था मा पनि हामी खुशी र सुखि बन्न सक्छौ । तर यदि संसार बिजेता सिकंदर नै भएपनि अनुभुति गर्न सकिएन भने सुख प्राप्त गर्न सकिंदैन । सम्रात एलेक्जेन्डर द ग्रेटले कलिलै उमेरमा आढी बिश्व जिते तर सुख र खुशि मापन गर्न मिल्ने कुनै औजार भई दिएको भए संसारकै सबैभन्दा दरीद्र मानिस उनि नै थिए भन्न सकिने आधार बन्न्यो सायद। जति साम्राज्य जितेपनि शायद उस्को मन एक सेकन्डको लागि पनि शान्त थिएन होला । आढी बिश्व जिति सक्दा पनि सन्तोषको श्वास फेर्न सकेन ।
    फेरि यही संसारमा यस्ता पनि मानिस छन जो राजपरिवारमा जन्मेर सुख सयल सब त्यागेर सुखको खोजमा निस्के । सिदार्थ गौतम यस्को एक ज्वलन्त उदाहरण हुन । आखिर उनि संग के थिएन । सामान्य मानिसले जसलाई प्राप्त गर्न सम्पूर्ण मेहनत गर्छ तर पनि त्यो सुख जुन उस्लाई प्राप्त हुदैन, सिदार्थ गौतम ती सम्पूर्ण सुख सुबिधालाई आँखा चिम्लेर मात्र अनुभूतिमा प्राप्त गर्न सकिने मानसिक सुख प्राप्त गर्न तर्फ लागे ।
    अलेक्जेन्डर द ग्रेट र सिदार्थ गौतमको बिचमा तुलना गरौ । अले कजेन्डर जस्ले मनको खुसि, आत्मा अनुभुति, आत्म सन्तुस्ती सबै त्यागेर मात्रै भौतिक श्री सम्पति प्राप्तिको लागि एक पल पनि सुख पुर्वक रहन सकेन र यस्को ठिक बिपरीत महात्मा सिदार्थ गौतम बुद्ध जो सम्पूर्ण सुबिधा युक्त राजसी सुखः सयलमा जन्मेर पनि आखिर ती सम्पूर्ण भौतिक श्री सम्पति , परिवार, बैभब त्यागेर एकजना सन्यासी भएर बाँचे । जस्ले प्राप्तिमा हैन अपरिग्रह र त्याग्मा बिश्वास गरे ।
    एक महान ब्यक्ति जो सबै पाएर पनि अन्तिममा सबै थोक गुमाए । एक व्यक्ति जो सुखको खोजमा निस्केर न त गन्तव्य भेटाए न त धित मर्ने गरी प्यास मेटन पाए । अर्को तर्फ सिदार्थ जस्ले सबै कुरा गुमाएर पनि सबै थोक पाए । एक व्यक्ति जो सुखको खोजिमा संसार खोज्दै हिंडे अर्का एक ब्यक्ति जस्ले सुखको खोजिमा संसार हैन आफै भित्र लुकेर रहेको सुख खोज्दै हिंडे । अलेक्जेन्डरको प्राप्तिले संसारले त के फाईदा पाए अलेक्जेन्डरले आफैले पनि केही पाएनन । अर्को तर्फ महात्मा बुद्ध जस्ले आफुले त त्यो सुखः प्राप्त गरे गरे, हजारौ बर्ष पछि पनि करोडौ मानिसले उस्ले पाएकै सुख पाउन सक्ने अवस्था रह्यो ।
    त्यसैले सुख कुनै प्राप्ति हैन, सुख कुनै जित वा उस्सब अनि रमाईलो पनि हैन यो त केबल आत्म अनुभुति वा बिचार शैली वा जिवन र जगतलाई हेर्ने फरक दृष्टिकोण मात्रै हो । हेर्ने नजरिया बदल्न सकेमा देखिने दृश्य पनि बदल्न सकिन्छ।
    संसारै पाउँदा मात्रै खुशि हुने मन हैन संसार गुमाँउदा पनि शान्त रहन सक्ने चेतना आजको आवश्यकता हो ।

ताजा समाचार

नेपाल भाषाको गीत “व मनु सू मनु ” को म्युजिक भिडियो सार्वजनिक

Madhyapur Diary

नेपाल र भारतको मैत्रिपूर्ण फुटबल – दोस्रो खेल आज हुँदै ।

Madhyapur Diary

बिनायक शिक्षालाई जिल्लास्तरीय कराँतेमा स्वर्णपदक

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy