महोतरीको रामगोपालपुर नगरपालिका ६ मा आफ्नै सौताकी छोराको हत्या गरि गत बुधबार जलेश्वर स्थित कारागार पुगेकी एक महिलाले जेलमै छोरा जन्माएकी छिन । २० बर्षिया रागनी देवीले जेलमा छोरा जन्माएको महोतरी कारागारले जनाएको छ । किशोर यादबकी कान्छी २० बर्षियाश्रीमती रगनीले (सौता ) ले जेठी तर्फकी ५ बर्षीय रितेष यादबको हत्या गरेको र यस्कै सजाय स्वरूप महोत्तरी जिल्ला उदालतले उनलाई पूर्पक्षका लागि कारागार पठाएको थियो। १० महीना पहिले मात्रै रागनी किशोर यादबसंग बिहे गरी सौताको रुपमा भित्रिएका थिए । किशोरकी जेठी श्रीमती आफ्ना दुबै सन्तान श्रीमानको जिम्मामा छोडेर माईती गएको मौका छोपी रागनीले ५ बर्षिय रितेशको गत श्रावण १४ गते हत्या गरेका थिए । घटना घटेकै दिन प्रहरीले उन्लाई धनुषाबाट पक्राउ गरेको थियो भने भदौ ९ गते पूर्पक्षका लागि महोतरी कारागार पठाईएको थियो ।
previous post