समाचार समाज

” मध्यपुरको चोडेमा ज्ञानमाला भजन कार्यक्रम सम्पन्न”

Buzz Education

” मध्यपुरको चोडेमा ज्ञानमाला भजन कार्यक्रम सम्पन्न”
पूर्ण मानन्धर,
मध्यपुर–थिमि, भाद्र ४ गते । “गुंला पर्वको अवसर” मा “मानन्धर युवा समूह” अन्तर्गत मैत्रीय ज्ञानमाला भजनको आयोजनामा एक दिने ज्ञानमाला भजन कार्यक्रम, मध्यपुर ५, चोडे टोलमा सम्पन्न भयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय ज्ञानमाला समिति, भक्तपुर क्षेत्रीय उप समिति अन्तर्गतका भक्तपुर जिल्ला भरिका १८ वटा ज्ञानमाला खलः, पुचः, समूहलाई आमन्त्रित गरिएको जानकारी कार्यक्रमका संयोजक तथा मैत्रीय ज्ञानमाला भजनका अध्यक्ष चनेलाल मानन्धरले दिनुभयो ।

कार्यक्रममा दिपंकर ज्ञानमाला, चतुर वर्ण ज्ञानमाला, वाचु हिटि ज्ञानमाला, सिद्दिमंगल धर्मदिप ज्ञानमाला, आनन्दभूमी ज्ञानमाला, पाटी विहार ज्ञानमाला आदि लगायत आयोजक भजन समूहले विभिन्न बुद्धधर्म सम्वन्धी भजन प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको प्रायोजन काठमाडौं, नक्सालका जगतबहादुर मानन्धरले आफ्ना स्व. रत्नमाया मानन्धरको स्मृतिमा गरेका थिए । उनले श्रीमतिको माइति टोलमा यसरी गुंला पर्वको अवसर पारि ज्ञानमाला भजन कार्यक्रम गर्न पाउँदा धेरै खुशी लागेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय ज्ञानमाला समिति, भक्तपुर क्षेत्रीय संयोजक, गणेशराम प्रजापति, नेपाल राष्ट्रिय ज्ञानमाला समिति, भक्तपुर क्षेत्रीय उप समितिका संयोजक पुण्यरत्न शाक्यले आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उप समितिका सचिव गौतम बज्राचार्यको साथै अन्य भजन गायक गायिकाहरुको उपस्थिति रहेको थियो ।

Buzz Education

ताजा समाचार

आज भक्तपुरमा “क्यानभासमा भक्तपुर ” कला कार्यशाला हुँदै ।

Madhyapur Diary

नाईजेरीया को जेलमा आक्रमण हुदा ८०० भन्दा बढी कैदी भागे

Madhyapur Diary

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीकाे बयान लिन लामिछानेको आग्रह

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy