खेलकुद विश्व

कम अनुभबी टिमसंग रियल म्याड्रिडको लज्जास्पद हार

डा. प्रा . भगवान कोईराला
Buzz Education

१३ पटकको बिजेता रियल म्याड्रिड लाई स्तब्ध पार्ने गरी मंगलबार प्रतियोगिता कै सबैभन्दा कम अनुभब भएको क्लब सेरिफ टिरासपोल संग पराजित हुन पुगेको छ ।


सबास्टियन थिलले खेलको अन्तिम मिनेटमा गोल गर्दै मोल्डोभियन च्याम्पियनलाई स्यान्टियागो बर्नेबाउमा चर्चित २–१ को जीत दिलाएका हुन् । खेलमा जासुरबेक याकसीबोएभले टिरासपोललाई २५ औँ मिनेटमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा करिम बेन्जेमाले पेनाल्टीमार्फत खेल बराबरी गरे । तर, खेलको अन्त्यमा थिलले उत्कृष्ट गोल गर्दै टोलीलाई ऐतिहासिक जीत दिलाए ।

बिज्ञापन
बिज्ञापन

खेलमा नियन्त्रण भने रियलले बनाएको थियो । ७६ प्रतिशत बललाई नियन्त्रणमा राखेको रियलले ३१ पटक विपक्षीको पोष्टमा प्रहार गर्दा लक्ष्यमा ११ पटक परेको थियो । रियलका प्रशिक्षक कार्लो एन्चेलोटीले आफ्नो टोली जीतको हकदार भएको बताउँदै आफू थोरै दुःखी भएको बताए ।
यो खेल नतिजाले बिश्व भरीका रियल म्याड्रिड फ्यान हरुलाई स्तब्ध पारेको छ ।

Buzz Education

ताजा समाचार

राष्ट्रिय खेलकुड परिषदका सदस्य सचिब रमेश शिलवाल पदमुक्त

Madhyapur Diary

मेक्सिकोमा ७ दशमलबको शक्तिशाली भूकम्प

Madhyapur Diary

गाजाकाे रफाहमा इजरायली हवाई आक्रमण, कम्तीमा २५ जनाको मृत्यु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy