शिक्षा समाचार

बिनायकमा हिसान वक्तृत्वकला प्रतियाेगिता सम्पन्न ।

Buzz Education

हिसान भक्तपुरकाे  र बिनायक शिक्षा निकेतन, मध्यपुर थिमिकाे संयाेजकत्वमा अन्तर कलेज वक्तृत्वकला प्रतियाेगिता २०८० एक समाराेहबिच सु-सम्पन्न भयाे । प्रतियाेगिताकाे बिषय “बिद्यार्थी जीवनमा बिद्युतीय सामग्रीहरूकाे प्रभाव” थियाे । हिसान भक्तपुरका अध्यक्ष श्री अनिल कसपालकाे सभापतित्वमा सम्पन्न उक्त समाराेहमा कार्यक्रम संयाेजक बिनायक शिक्षा निकेतनका संस्थापक प्रिन्सिपल श्री सुरेन्द्र बिक्रम प्रजापतिले प्रतियोगिताकाे उदेश्य माथि प्रकाश पार्दै सहभागीहरूलाई स्वागत मन्तव्य राख्नुभयाे । प्रमुख अतिथिकाे मन्तव्य राख्नु हुँदै मध्यपुर थिमि नगरपालिका, शिक्षा शाखा प्रमुख श्री ज्ञानेन्द्र भट्टले बिद्यार्थी वर्गकाे बाेल्ने कलामार्फत ब्यक्तित्व र नेतृत्व बिकासमा टेवा पुग्ने कुरा बताउनुभयाे । बिनायक शिक्षा निकेतनका +२ संयाेजक श्री तुल्सीहरि प्रजापतिले सञ्चालन गर्नुभएकाे साे कार्यक्रममा निर्णायक भूमिका निभाउनु हुँदै निर्णायकद्वय श्री जीवनाथ अधिकारी तथा श्री ईश्वर लाल श्रेष्ठले प्रतियाेगीहरूलाई प्रतियाेगिता सम्बन्धि नियमहरू जानकारी गराउनुका साथै उत्प्रेरणा तथा अभिमुखिकरण गर्नुभयाे । हिसान भक्तपुर अन्तर्गतका ८ वटा कलेज/बिद्यालयहरूबाट १४ जना बिद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउनुभएकाे थियाे । तीमध्ये माेडर्न कलेजका सुयाेग ढुङ्गेलले प्रथम, एसएस कलेजका भुवन घिमिरेले द्वितीय, सुप्रिम एकेडेमीका कट्रिना खकुरेलले तृतीय र बिनायक शिक्षा निकेतनका यशाेदा खत्रीले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।

Buzz Education

ताजा समाचार

म.थि.न.पा वडा न ४ मा नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्न ।

Madhyapur Diary

नेपाली नक्कली नोट एक करोड बयासी लाख एक्कउन्न हजार बरामद

Madhyapur Diary

दुर्गेस थापाको नंया गीत “”फेरी बिबादमा, प्रशारण रोक्न माग ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy