राजनीति शिक्षा समाचार समाज

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीकाे बयान लिन लामिछानेको आग्रह

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीकाे बयान लिन लामिछानेको आग्रह
Buzz Education

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा सत्तारूढ नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिनुपर्ने धारणा राखेका छन्।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले चौधरीको च्याम्पियन फुटवेयर कम्पनी त्यसमा संलग्न रहेको उल्लेख गर्दै चौधरीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन्।‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिनअघि हिरासतमा राखेको देखियो। जग्गा हडप्दा चौधरीकै जति सेयर भएका अन्य साझेदारहरूमध्ये सत्तारूढ दलका सांसद विनोद चौधरीको च्याम्पियन फुटवेयर पनि देखिएको छ,’ उनले भने, ‘विनोद चौधरीजीलाई पनि थुन्नुपर्छ भनेको होइन, तर अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला । बयान लिइयो कि लिइएन ?’

Buzz Education

ताजा समाचार

निर्वाचन आयोग बिरुद्ध नेकपा ऐमाले अदालत जाने

Madhyapur Diary

मध्यपुरको मसरुम सिड नेपाल प्रा.लि र नास्ट बिच अनुसन्धान सम्झौता सम्पन्न ।

Madhyapur Diary

बिद्यालय कर्नर – बिनायकमा सकिमना पुन्हि

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy