शिक्षा

मध्यपुरको नवरत्न स्कुलका बिद्यार्थीहरूद्वारा पुराना कपडा सहयोग हस्तान्तरण ।

Buzz Education

श्रावण – २७ – मध्यपुर थिमिको नवरत्न इङलीस सेकेन्डरी स्कूलका बिद्यार्थीहरु द्वारा नियमित सत्संग कार्यक्रम अन्तर्गत बिद्यालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थी भाईबहिनीहरू द्वारा देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा बस्ने असहाय तथा आर्थिक रुपले बिपन्न बर्गका बालबालिकाका लागि आफ्ना पुराना एवम प्रयोगमा नरहेका लता – कपडाहरु सामाजिक सेवामा अग्रणी संस्था आशा भवन नेपाललाई हस्तान्तरण गरेको छ। आशा भवन नेपालले ती पुराना प्रयोग बिहिन कपडाहरु दुर्गम क्षेत्रका अति बिपन्न आवश्यक व्यक्तिहरू सम्म पुर्याउने कार्य गर्दै आएको बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र तुबन्जा श्रेष्ठले मध्यपुर डायरी डटकम लाई बताउनु भयो।


विद्यार्थीहरुले सहयोग गरेका कपडा पाउने व्यक्तिले लगाउँदा खुसी र सन्तोष महसुस गरोस भनेर नच्यातिएको ,आफूलाई सानो भएको, लगाउन मन नलागेका लुगाहरू धोएर सफागरी आइरन लगाएर हस्तान्तरण गरीएको हो ।

सत्संग कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले ध्यान, योग, अध्यात्म ज्ञान तथा समय समयमा वृद्धाश्रम, बाल आश्रमहरूमा पुगेर सक्दो सेवा गर्ने कार्य गर्दै आएको र आगामी दिनहरूमा पनि नवरत्न स्कुलमा अध्यनरत बिद्यार्थीहरूका लागि परोपकारी तथा सामाजिक सेवाका कार्यहरूमा लाग्न प्रेरीत गरीने विद्यालय प्रधानअध्यापक सुरेन्द्र श्रेष्ठले बताउनुभयो।

Buzz Education

ताजा समाचार

विनायकका पूर्व प्राविका बिद्यार्थीहरुद्वारा तरकारी तथा फलफूल प्रदर्शनी

Madhyapur Diary

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ

Madhyapur Diary

विनायकमा कराते र जिमनस्टिक प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy