खेलकुद शिक्षा

आर्दर्श माबि सानोथिमी फाईनलमा प्रवेश

Buzz Education

आदर्श मावि छैठौ मध्यपुर अन्तर बिद्यालय फुटबल कपको फाइनलमा

मध्यपुर थिमिको सानोथिमि स्थित मध्यपुर युथ एसोसिएसन को फुटबल मैदानमा जारी छैठौ मध्यपुर अन्तर बिद्यालय फुटबल प्रतियोगिताको फाइनलमा आदर्श माध्यमिक विद्यालय सानो थिमि प्रवेश गरेको छ । साँझा ३ बजे सम्पन्न खेलमा २-० गोल अन्तरले ग्लाड स्टोन ऐकेडेमीलाई  हराँउदै आदर्श मा वि सानोथिमि फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा पाएको अवसरमा बललाई दिशा दिन नसक्दा
दुवै टोलीबाट गोल हुनसकेन ।दोस्रो हाफको ४० औं मिनेटमा आदर्शका स्ट्राइकर जर्सी नं १० अरुण श्रेष्ठले गोल गर्नुभयो ।खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा अरुणले निर्णायक गोल गर्नुभयो ।आदर्शको जितमा दुबै गोल गर्नुभएका अरुण श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिका वडा नं २ का वडाध्यक्ष श्री कृष्ण श्रेष्ठले मन अफ दी मेच हस्तान्तरण गर्नुभयो।

असर ४ गते सानो थिमि स्थित मध्यपुर युथ एशोसिएसनको खेलमैदानमा ३ बजे विनायक शिक्षा निकेतन सँग आदर्श मावि सानोठिमीले प्रस्तिस्पर्धा गर्नेछ ।

Buzz Education

ताजा समाचार

विनायकमा world cup prediction मिलाउने विद्यार्थीहरु पुस्कृत |

Madhyapur Diary

मध्यपुरको बिनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापति सम्मानित ।

Madhyapur Diary

मध्यपुर लिगको ३१ औं खेलमा वडा न २ द्वारा पराजित | नतिजा -५-०

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy