
जेठ -३०-मध्यपुर थिमि ८ बोडे का ख्यातिप्राप्त बन्य जन्तु फोटोग्राफर संञ्जय था र उनी नेतृत्वको टोलीले मध्यपुरको मनोहरा नदी किनारामा काठमाडौँ उपत्यकाको लागि पहिलोपटक chesnut eared bunting प्रजातीको चरा फेला पारेका छन । संजयको र उनका साथीहरू दिपक बुढाथोकि र युभिन श्रेठले उक्त चरा उपत्यकाभित्र पहिलोपटक खिच्ने र आफ्नो नाममा अभिलेखीकरण गर्न सफल भएको हो । नेपालमा पहिलोपटक उक्त चरा सन 1992 मा सगरमाथा राष्ट्रिय निकुञ्जको गोक्यो क्षेत्रमा रेकर्ड गरिएको थियो । झाडी युक्त पहाडी भेग, सुख्खा चट्टान र घाँसे मैदानहरुमा खोला नदी किनार तथा तालतलैया छेउछाउमा उक्त चरा भेटीने गर्दछ ।यो चराले विशेषगरी घाँसका बीउ तथा स – साना किरालाई आफ्नो आहार बनाउने गर्दछ ।
चरा कै खोजीमा समयसमयमा क्यामेरा लिएर मनोहरा नदी किनार पुगिरहने उनी र उनको टिमले यस अघि पनि बिभिन्न प्रजातिका लोपुन्मुख तथा दुर्लभ चराहरु भेटाई सकेका छन । उनकै टिमका दिपक बुढाथोकीले पनि सिनामंगलस्थित एअरपोर्ट आसपास west himalayan bush warbler चराको अभिलेखीकरण गर्न सफल भएका छन । दिपकले संजय र युभिन श्रेष्ठको को साथमा उक्त चरा उपत्यकामा पहिलोपटक भेटाएका हुन् west himalayan worbler पनि काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको यो पहिलो पटक हो ।

