घुमफिर समाचार समाज

मध्यपुरका बन्यजन्तु फोटोग्राफर संजय था श्रेष्ठले भेटाए दुर्लभ श्यामश्वेत भुई रबिन चरा ।

Buzz Education

फागुन – २४ -मध्यपुर थिमि ८बोडे निवासी ख्यातिप्राप्त बन्यजन्तु फोटोग्राफर सन्जय था श्रेष्ठले मिनी कोशी टप्पुको नामले परिचित मध्यपुर थिमि नगरपालिका वडा न ८ स्थित मनोहरा किनारमा काठमान्डौ उपत्यकामा पहिलो पटक पाईड ह्वीटर चरा अभिलेखिकरण गर्न सफल हुनु भएको छ । थ्याम श्वेत भुई रबिन नामले परीचित तथा नेपालमा रैथाने नमानिने यस चरा पहिलो पटक संजयले आफ्नो क्यामरामा काठमान्डौ उपत्यकामा नै पहिलोपटक कैद गर्न सफल भएको हो । ६ सय भन्दा बढी रैथाने तथा आकान्तुक चराहरुलाई अहिलेसम्म आफ्नो क्यामेरामा कैद गर्न सफल संजयका लागि पाईड ह्वीटर चराले उन्को करियरमा नै अर्को उपलब्धि दिलाउन सफल भएको हो । चराप्रेमीहरू कुर्वान मनसुरी र आयुशा पौडेल सहितको टोलिले फागुन २४ गते उक्त दुर्लभ चरा भेटाउन सफल भएको हो
यो चरा पहिलो पटक सन १९८५ जनवरी ११ मा टिम एन्ड्रयु द्वारा उपल्लो काली गण्डगी उपत्यकामा पहिलो पटक भेटाएका थिए । त्यस पश्चात सन १९९३ मा नाइजेल रेडमेनले लाङटाङ नेशनल पार्कमा दोस्रो पटक भेटाएका थिए भने सन २०१८ मा उदयपुरको कटारीमा अनिश तिम्सीनाले भेराएको रेकर्ड छ । यो चरा अजरबैजान, चीन, चाड, इजिप्त, इथियोपिया, भारत लगाएतका दर्जनौ देशहरूमा पनि पाइने गर्दछ

मध्यपुर थिमि ८ स्थित मनोहरा तट पछिल्लो समय चरा अनुसन्धान कर्ता तथा वर्ड फोटोग्राफरहरूका लागि बिशेष आकर्षणका रूपमा रहंदै आएको छ । संजय नेतृत्वको टोलिले यस अघि पनि यस क्षेत्रमा थुप्रै लोपोन्मुख रैथाने तथा आगन्तुक हिउँदे चराहरूको अभिलेखिकरण गरीसकेको छ ।

संडाय
संजय था श्रेष्ठ

बढ्दो शहरीकरण र प्रदुषणले पछिल्लो समय यस क्षेत्रमा बिगतमा पाईने गरीएका चराहरू देखिन छाडेको उनी बताउँछन । उनी नेतृत्वको टोलिले गत पुसमा सांखु देखि मध्यपुर क्षेत्रसम्म गरीएको चराहरूको अभिलेखिकरणमा जम्मा  ८० प्रजातिका चराहरू भेटाउन सकेका थिए । जबकी यस अगाडी धेरै संख्यामा चराहरू देखिने गरीएका थिए । बढ्दो मानबीय गतिबिधि, अब्यबस्थित शहरीकरण, बालुवा चोरी तस्करी, प्रदुषण र यस्को परिणाम स्वरूप उत्पन्न भएको खानेकुरा तथा कीरा आहारामा आएको कमी र प्रजनन स्थानको अभाब र स्थानीय सरकारको पंक्षी र मनोहरा संरक्षण प्रति उदासिनता नै चराहरूको संख्यामा आएको कमीका रूपमा रहेको संजयको निष्कर्ष छ ।

Buzz Education

ताजा समाचार

भक्तपुर स्थित श्री पद्दम माविको छेउमा रहेको रुख काटिदा दर्जनौ संख्यामा बकुल्ला चराहरू मारिएको बिषयमा चराप्रेमी तथा बातावरण प्रेमीहरूको आपति

Madhyapur Diary

मनोहरामा चरा अभिलेखिकरण सम्पन्न । संजय था नेतृत्वको टोलीले भेटाए ८४ प्रजातिका चरा ।

Madhyapur Diary

मध्यपुर लिगको २६ औं खेलमा वडा ८ र ६ गोलरहित बराबरी ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy