खेलकुद शिक्षा समाचार

मध्यपुर प्याब्सन द्वारा आयोजित अन्तर बिद्यालय फुट्सल प्रतियोगितामा ग्लाड स्टोन ऐकेडेमी प्रथम

Buzz Education

प्याब्सन भक्तपुर अन्तर्गत मध्यपुर थिमी नगर प्याब्सनद्वारा आयोजित मध्यपुरव्यापी अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगितामा ग्ल्याडस्टोन एकेडेमी प्रथम स्थान ओगट्दै प्याब्सन भक्तपुर जिल्लाव्यापी फुटसल प्रतियोगितामा छनौट हुन सफल भएको छ। विद्यार्थीको शारीरिक ,मानसिक तथा चारित्रीक विकास गरि समय परिवेश सुहाउँदो जनशक्ति उत्पादन गर्ने हेतु आयोजित प्रतियोगितामा मध्यपुर थिमी नगरपालिका भित्रका २२ वटा विद्यालयले भाग लिएका थिए ।
कार्तिक १८ गते शुक्रबार र कार्तिक १९ गते शनिबार बोडे स्थित नर्थ प्वाइन्ट फुटसलमा आयोजित प्रतियोगितामा पहिलो खेल बाई पाएको ग्ल्याडस्टोन एकेडेमीले होलिगार्डेन इङलिस स्कुललाई ३- १ गोल अन्तरले,नवरत्न स्कुललाई २-० गोल अन्तरले, सुप्रीम एकेडेमीलाई १-० गोल अन्तरले र फाइनलमा विनायक शिक्षा निकेतनलाई पेनाल्टीमा पराजित गर्दै उपाधी चुम्न सफल भएको अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काले बताउनु भयो।
प्याब्सन मध्यपुरका अध्यक्ष निलेश आचार्यको सभापतित्वमा आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विजेता खेलाडी तथा विद्यालयलाई ट्रफी,मेडल तथा प्रमाणपत्र वितरण गर्दै मानिसको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदको महत्त्वमाथि प्रकाश पार्दै विद्यार्थी खेलाडीको खेल सीप तथा कौशलको खुलेर प्रशंसा गर्नुका साथै मध्यपुर क्षेत्रका खेलाडीले खेलका माध्यमबाट राष्ट्रलाई पुर्याएको योगदानको प्रशंसा गर्नु भयो।

Buzz Education

ताजा समाचार

मध्यपुर लिगको ३० औं खेलमा वडा ९ द्वारा ६ पराजित |

Madhyapur Diary

एमसिसी नेपालले नुवाकोटको रातमाटेमा जग्गा खाली गर्न निकाल्यो सुचना ।

Madhyapur Diary

उप-राष्ट्रपति नन्द बहापुर पुन द्वारा थिमिको भैरब नाच:अवलोकन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy