शिक्षा

विनायक शिक्षा निकेतन का विद्यार्थीहरुलाई प्रोग्रेसिभ शिक्षणविधि सिकाई

Buzz Education

विनायक शिक्षा निकेतन का विद्यार्थीहरुलाई प्रोग्रेसिभ शिक्षणविधि सिकाई

शिक्षा व्यावहारिक एवं जीवनोपयोगी हुनुपर्दछ भन्ने मूलमन्त्रलाई आत्मसात् गरी स्थापित विनायक शिक्षा निकेतन इङ्गलिस स्कुलले पूर्व प्राथमिक तहका विद्यार्थीहरुलाई progressive शिक्षण विधि अन्तर्गत व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ। विशेषतः सानै उमेरदेखि नै विद्यार्थीहरुका निम्ति व्यावहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यार्थीहरुलाई सहभागी गराई गत असार महिनामा धान राेप्न लगाएर त्यही धान फलेपछि काट्न सिकाइएको जानकारी विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले गराउनुभयो । पूर्व प्राथमिक तहका शिक्षिकाहरुको संयोजनमा गराइएको उक्त शिक्षणविधि पूर्व प्राथमिक तहका विद्यार्थीहरुले धान उत्पादनको प्रक्रिया, रोप्नविधि ,गोडमेलको तरिका ,धान फल्नका लागि मल र जलको आवश्यकता रहने र त्यसपछि बाला लाग्दो रहेछ भन्ने व्यवहारिक ज्ञान विद्यार्थीले प्राप्त गर्न सिकेको कुरा विद्यालयकी पूर्व प्राथमिक तहकी संयोजक शाेभा प्रजापतिले बताउनुभयो ।विद्यार्थीहरु प्रत्यक्ष संलग्न रही व्यावहािरिक ज्ञान प्राप्त गर्न सकेको र विद्यालयले यस्ता प्रकारका सीपमूलक विधिद्वारा शिक्षण गर्न सुरु गरेकोमा उपस्थित अभिभावकहरुले विद्यालय परिवारलाई तथा संयोजन गर्ने शिक्षिकाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

Buzz Education

ताजा समाचार

ओलम्पिक डे को अवसरमा विनायकमा ब्याडमिन्टन प्रतियोगिता

Madhyapur Diary

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीकाे बयान लिन लामिछानेको आग्रह

Madhyapur Diary

बिनायकमा दशैको टिका जमरा कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy