खेलकुद समाचार

मध्यपुर लिग अन्तरगत १४ औ खेलमा वडा ७ द्वारा वडा ४ पराजित |

Buzz Education

जारी मध्यपुर लिग अन्तर वडा फुटबल प्रतियोगिताको १४ औं नम्बरको खेलमा वडा न ७ ले वडा न ४ लाई ३ गोलका बिरुद्ध 0 गोलले पराजित गरेको छ । मंगलबार सम्पन्न भएको दोस्रो खेलमा उपाधि दाबेदार समेत मानिएको वडा न ७ द्वारा जित हासिल गरेको हो । वडा न ४ द्वारा खेलको पहिलो सुरुवातमै आकर्षक मौका गुमाउनु परेको थियो भने खेलको पहिलो तेस्रो  मिनेटमै वडा न ७ का जर्शी न २३ का फरवार्ड सफल प्रजापतिले पहिलो गोल गरी वडा ७ लाई पहिलो गोलको स्वाद चखाएका थिए । दोस्रो गोल वडा ४ का जर्शी न १३ का डिकेश श्रेष्ठले ६५ औ मिनेटमा आत्माघाटि गोल गरेपश्चात वडा ७ लाई थप फाइदा पुग्यो । खेलको अन्तिम समयमा अतिरिक्त थपिएको ३ मिनेट भित्र वडा न ७ का जर्शी न ७ का फरवार्ड रितेश रत्न छुजुले थप एक गोल गरे संगै वडा न ७ द्वारा वडा ४ लाई 0 का बिरुद्ध ३ गोलले पराजित गदै बिजयी भएको हो । खेलमा वडा ७ का जर्शी न ९ का फरवार्ड रोहन खड्गीले पहेलो कार्ड पाए भने वडा ७ कै जर्शी न ८ का सुयश खडगीले पनि पहेलो कार्ड पाएका छन । त्यस्तै वडा न ४ का जर्शी न १९ का फरवार्ड सन्दिप श्रेष्ठले पनि खेल को ६७ औ मिनेटमा पहेलो कार्ड पाएका छन । बिगतको तुलनामा निक्कै नै उत्कृष्त खेल प्रदर्शन गरेको वडा ४ ले खेलमा वडा ७ लाई चुनौति दिएको थियो भने वडा ४ ले पनि थुप्रै शान्दार अवशरहरू गुमाएको थियो । खेलको उत्कृष्ट खेलाडी अर्थात म्यान अफ द म्याच वडा ७ का जर्शी न ७ का फरवार्ड क्षितिज रत्न छुंजु घोषित भएका छन । वडा ४ का गोलकिपर सुबिन श्रेष्ठ घाईते भई  अस्पताल पुर्‍याउनु परेको थियो । वडा न ७ ले पाएको पेनाल्टिको मौकालाई वडा न ७ का जर्शी न ९ का रोहन खडगीले गरेको प्रहार  वडा ४ का गोलकिपर सुबिन श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए ।

Buzz Education

ताजा समाचार

लकडाउन बिरुद्ध अष्ट्रेलियामा प्रदर्शन

Madhyapur Diary

भारतमा अदालत परिसरमा गोली चल्दा ३ को मृत्यु

Madhyapur Diary

एक अर्ब लगानीमा चितवनको पतिहानीमा रिसोर्ट सञ्चालनमा आउँदै

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy