शिक्षा समाचार

मध्यपुरको विनायक स्कुलद्वारा राष्ट्रिय खेलाडीहरूको सम्मान

Buzz Education

विनायकद्वारा राष्ट्रिय खेलाडीहरूको सम्मान

मध्यपुर ठिमी भक्तपुर
शिक्षा तथा खेलकूदका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सक्षम नागरिक तयार गर्ने अग्रणी भूमिका खेल्दै आएको विनायक शिक्षा निकेतन ई स्कुल, मध्यपुर थिमि ,भक्तपुरले यही भाद्र ३१ गतेका दिन नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने राष्ट्रिय खेलाडीहरुलाई सम्मान तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । बिद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ ,प्रमुख आतिथिकाे रुपमा रहनु भएकाे थियाे ।विशेष गरेर विनायक शिक्षा निकेतनमा अध्ययनरत विद्यार्थीहरु सुमन तामाङ , सुबी भासीमा, जेनिशा थापा र आकृति थापामगर जो यही असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिम्न्याष्टिक खेलमा राष्ट्रिय खेलाडीको रुपमा नेपालकै गौरवलाई उच्च राख्न गईरहेका उनीहरूको सम्मानमा आयोजना गरिएको थियो। विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले खेलाडीहरु राष्ट्रका सम्पत्ति भएको र उनीहरुलाई उचित अवसर दिनु पर्ने बिचार व्यक्त गर्नु भयो ।

त्यसमा पनि मध्यपुर क्षेत्रको गौरव बढाउने कार्यमा ती विद्यार्थीहरु
लागिपरेकाले उनीहरुलाई तन ,मन,वचन र कर्मले सम्मान गर्नुपर्दछ भन्ने मान्यताका साथ कार्यक्रम आयोजना गरिएको बताउदै नवौ राष्ट्रिय जिम्नेस्टकप्र तियोगितामा सहभागी विद्यार्थीहरुलाई single event मा विजयी भई आएमा पहिलो हुनेलाई नगद रु 20000 दोस्रो हुनेलाई नगद रु 15000 र तेस्रो हुनेलाई नगद रु 10,000 साथै र group event मा विजयी भएमा नगद रु 10 हजारले सम्मान गरिने जानकारी सहित शुभ कामना दिनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले खेलकुदको विकासका लागि नगरपालिकाले पनि यथासक्य सहयोग गरिरहेको जानकारी गराउनुभयो। विद्यालयका काउन्स्लर तुल्सीहरि प्रजापतिले कार्यक्रम संचालन गर्दै विनायकले जिम्न्यास्टिकका राष्ट्रिय खेलाडी मात्र होइन फुटबलमा समेत धेरै राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेको जानकारी समेत गराउनुभयो।

Buzz Education

ताजा समाचार

कौशलटारमा CHITF तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

राष्ट्रिय सभाको बैठक स्थगित, भोलि बस्ने

Madhyapur Diary

जनकपुरमा खानेपानीका शाखा प्रमुख कुटपिट तथा अर्धनग्न नगर परिक्रमा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy