समाचार समाज स्वास्थ्य

मध्यपुरको बिनायक शिक्षा निकेतनद्वारा कक्षा ११ का बिद्यार्थीहरुका लागी अभिमुखिकरण तथा स्वागत सम्पन्न ।

Buzz Education

विनायकद्वारा कक्षा 11 का बिद्यार्थीहरुलाई अभिमुखीकरण तथा तथा स्वागत कार्यक्रमको आयोजना

मध्यपुर ठिमी ,भक्तपुर
बालबालिकाको उज्ज्वल भविष्यका लागि गुणस्तरीय शिक्षा भन्ने नाराका साथ स्थापित विनायक शिक्षा निकेतन ईं, स्कुल, मध्यपुर ठिमी भक्तपुरले यही २०७९ भाद्र ३गते अभिमुखीकरण तथा तथा स्वागत कार्यक्रमको आयोजना गर्यो। शैक्षिक सत्र २०७९ मा उच्च शिक्षाको उच्च अभिलाषा राखी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण गर्ने उद्देश्यले काभ्रे पनौतीकाे डाइमण्ड हिल रिसोर्टमा आयोजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष तथा सल्लाहकार रत्नकेशरी लाछीको प्रमुख आथित्यमा तथा वर्तमान अध्यक्ष गणेशराम लाछीको सभापतीत्व र शिक्षाविद् अशोक न्यौपानेको विशेष आतिथ्यमा सम्पन्न भएको थियो। पूर्वविद्यार्थी रोमिन लामाले संचालन गरेकी र इन्द्रकला राईले गीत र संगीतको माध्यमबाट पूर्ण मनोरञ्जन प्रदान गरिएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले औपचारिक रुपमा स्वागत गर्दै विनायकलाई एसएलसीसम्मको गन्तव्य बनाउन विश्वास गरी आएकोमा सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने र लगनशिल, मेधावी र उत्कृष्ट विद्यार्थीहरूका लागि विभिन्न पुरस्कारद्वारा सम्मानित गरिने घोषणा गर्नुभयो।

शिक्षाविद् अशोक न्यौपानेले शैक्षिक तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा विद्यालयले दिएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो । विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाद्वारा सपथ गराइएको उक्त कार्य भविष्यका लागि आफूले विनायक रोजेकोमा गौरवान्वित भएको कुरा प्रकाश पारेकी थिइन्।

 

Buzz Education

ताजा समाचार

सुटिङका क्रममा बिरामी परे चर्चित अभिनेता मिथुन चक्रवर्ती

Madhyapur Diary

मध्यपुर -९ नेकपा ऐमाले वडा अधिवेशन बाट यादब खड्का नेतृत्वको टोली चयन।

Madhyapur Diary

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ । मध्यपुर थिमि नगरपालिका वडा नं ८ वडा अध्यक्ष

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy