खेलकुद समाचार समाज

मध्यपुर थिमिमा राष्ट्रिय भारतोलन प्रतियोगिता हुने ।

Buzz Education

२४ औ पुरुष तथा ९औ महिला राष्ट्रिय भारतोलन प्रतियोगिता पुष २७ गते देखि २९ गते सम्म मध्यपुर थिमिको थिमि बैक्वेटमा हुने भएको छ । सो कुराको जानकारी बिहिवार मध्यपुर थिमिमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष÷महिला, युथ पुरुष÷महिलाको विभिन्न वजन समूहमा प्रतिष्पर्धा हुने बताईएको छ ।
नेपाल भारतोलन संघका अध्यक्ष राम श्रेष्ठ बोसले दिएको जानकारी अनुशार जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ९६, १०२, १०९ र १०९ भन्दा माथीको केजी समूहको प्रतिष्पर्धा हुनेछ । त्यस्तै युथ पुरुषमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ हुनेछ ।
त्यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी माथिको तौल समूहका खेलहरु हुनेछ ।
प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० पदक तथा पुरुष युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० सहित कुल १८० पदकको लागि प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा झापा, उदयपुर, मोरङ्ग, सप्तरी, महोत्तरी, सिराहा, धनुषा, बारा, पर्सा, चितवन, कास्की, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, भक्तपुर, ललितपुर, काठमाण्डौं जिल्ला टिम र विभागिय टिमहरु नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेना गरी २३ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा करिव २ सय जना खेलाडीको सहभागिता रहने जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले बिगतमा पनि थुप्रै खेलकुड प्रतियोगिताहरू गर्न सहयोग पुर्‍याउँदै आएको बताउनु हुँदै भारतोलन प्रतियोगितामा पनि नगरपालिकाको सहयोग गर्ने बताउनु भयो।

Buzz Education

ताजा समाचार

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

Madhyapur Diary

नेवाः पत्रकार राष्ट्रिय दबूले ‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग

Madhyapur Diary

भक्तपुरका चारै नगरमा कांग्रेस र एमालेले नगरप्रमुख उमेदबार टुङगो लगाएको छ ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy