शिक्षा समाचार

मध्यपुरका सुरेन्द्र तुबन्जा श्रेष्ठ प्याबसन भक्तपुर अध्यक्षमा निर्वाचित ।

Buzz Education

मध्यपुर थिमिका शिक्षासेवी तथा नवरत्न इंगलिस स्कुल दुईपोखरीका प्रधानअध्यापक सुरेन्द्र तुबन्जा श्रेष्ठ नीजी तथा आवाशिय बिद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन ) भक्तपुरको अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न १५ औं जिल्ला अधिवेशन बाट श्रेष्ठ आगामी कार्यकालका लागि निर्वाचित भएका हुन । अध्यक्ष पदका लागि श्रेष्ठले ७० मत प्राप्त गरी बिजयी भए भने उनका प्रतिद्धन्दी सेमन्तराज सुवेदीले २८ मत प्राप्त गरेका थिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा राजन कसपाल विजयी भएका थिए। उनले ५७ मत पाए भने उनका प्रतिद्वन्द्वी कुमार श्रेष्ठले ३९ मत पाएका थिए। यस्तै सचिव पदका लागि भएको निर्वाचनमा विजय कर्माचार्य विजयी भएका छन्। उनले ५८ मत पाए भने उनका प्रतिद्वन्द्वी डिल्लीराज जोशीले ३९ मत पाए।
कोषाध्यक्ष पदमा नारायणकृष्ण श्रेष्ठ विजयी भएका छन्। उनले ५७ मत पाए भने उनका प्रतिस्पर्धी कुमार कट्टेलले ४० मत पाएको निर्वाचन कमिटीले जनाएको छ। सहकोषाध्यक्ष पदमा लक्ष्मी कुटु निर्वाचित भएकी छन्। उनले ५५ मत पाइन भने टंकप्रसाद सिटौलाले ४३ मत पाए।
अधिवेशनले उपाध्यक्षमा विणा पाण्डे, सहसचिवमा सोमकृष्ण प्रजापति, सदस्यमा मिना महर्जन, सूर्य भण्डारी, लिलानाथ निरौला, खुल्ला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो।
यस्तै महाधिवेशन प्रतिनीधिमा सानुराजा कार्कीलाई पनि निर्विरोध प्रतिनीधि छनोट गरेको निर्वाचन कमिटीले जनाएको छ।

Buzz Education

ताजा समाचार

मध्यपूर थिमिको गेस्टहाउसमा प्रेसरकुकर बम फेला पऱ्यो ।

Madhyapur Diary

नेपाली उत्पादन रातो च्याउको धुलो ” REISHI mushroom powder ” बजारमा ‘

Madhyapur Diary

लकडाउन बिरुद्ध अष्ट्रेलियामा प्रदर्शन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy