
मंशिर – २५ मध्यपुर सञ्चार समाजको दसौं साधारण सभा तथा चौथौं अधिवेशन शनिवार मध्यपुर थिमिको शंखधर पार्टी प्यालेसमा सम्पन्न भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिक राम जमरकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिशेष अतिथिका रूपमा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ, नेपाल पत्रकार महासंघका भक्तपुर जिल्लाका अध्यक्ष जगत प्रजापति, प्रेस रजिस्टारको कार्यालय बागमती प्रदेशका रेवती सापकोटा, नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुर जिल्ला शाखाका राम गोपाल तमखु तथा प्रेस सेन्टर नेपालका सन्जीब सुभचिन्तक आदिको उपस्थिति रहेको थियो ।
अधिवेशनको खुल्ला सत्रलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि माननीय मन्त्री शालिक राम जमरकट्टेलले अहिले समाजमा आएको सचेतना , अधिकार प्रतिको जागरूकता र राजनितिक पार्टीको बिचारलाई बहस ,बिष्लेसन गर्ने र समाजमा फैलाउने काममा सञ्चार जगतले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाले परिवर्तित समय र अवस्थाको सन्दर्भमा सन्चार माध्यमहरूले आफ्नो अस्तित्व बचाउँदै बिकाश गदै लानुपर्ने समय आएको बताउनु भयो ।
बिशेष अतिथि मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले मध्यपुर सञ्चार समाजले पछिल्लो समयमा बढाउँदै लगेको सक्रियता सरहानीय रहेको बताउनु हुँदै संस्थामा आबद्ध सदस्यहरूले राष्ट्रिय स्तरका संगठनहरूमा पनि नेतृत्व गर्न सफल रहेकोमा खुशी व्यक्त गर्नुभयो । नगरपालिकाले बिगतका दिनमा पनि अक्षय कोष स्थापना गर्न सहयोग गदै आएकोमा आगामी दिनमा पनि सहयोग गदैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा थेम्रिङ् पत्रकारीता पुरस्कारबाट मध्यपुर मा रही बिगत ३० बर्ष देखि पत्रकारीता क्षेत्रमा सक्रिय रहंदै आउनुभएका पत्रकार प्रबिण लाल जोशिलाई सम्मानित पनि गर्यो ।
त्यस्तै शिक्षा सम्मानबाट बिभिन्न बिषयमा स्नातकोतर गर्नुभएका सञ्चारकर्मीहरू कृष्ण काजी मानन्धर , सागर गुरागाई, राजेन्द्र प्रजापति, राजेन्द्र श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, जीवनाथ अधिकारी र सुमन श्रेष्ठ लाई सम्मानित गरेको छ ।

अधिवेशनको बन्द सत्रले बाबुकाजी साछे श्रेष्ठको अध्यक्षतामा पुरानै कमिटीले सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा सागर गुरागाई, सचिबमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा चन्दन कृष्ण श्रेष्ठ, सहसचिबमा बिशेश्वर श्रेष्ठ ,त्यसैगरी सदस्यहरुमा ईश्वरलाल श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ, सरिना श्रेष्ठ, कृष्णकाजी (के के) मानन्धर र सुरेश ख्वाकः श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । एक जना कार्यसमिति सदस्यमा पुर्व अध्यक्ष पदेन सदस्य हुने व्यवस्था बमोजिम पुर्व अध्यक्ष हरिबहादुर श्रेष्ठ रहनु भएको छ ।

