समाचार समाज

गन्तब्य मध्यपुर थिमि ” तस्बीर पुस्तक सार्वजनिक –

Buzz Education

मध्यपुर थिमि ४ – स्थित दुईपोखरीमा बिहिबार एक कार्यक्रमका बीच गन्तब्य मध्यपुर थिमि तस्बीर पुस्तक सार्वजनिक गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा ऐमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रत्रकार भरतबन्धु थापा द्वारा खिचिएका मध्यपुर थिमि नगरपालिका भित्रका संस्कृतिक, धार्मिक एवम जीवन शैली संग सम्बन्धित बिभिन्न उत्कृष्ट फोटोहरू संग्रहीत रहेको बताईएको छ ।

बिज्ञापन

पोखरीमा स्टेज बनाई निक्कै नै तामझमका साथ सन्चालन गरिएको उक्त कार्यक्रममा बिशिष्ट अतिथि राधिका शाक्य, अतिथिहरूमा पूर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठ, युवा नेता महेष बस्नेत, मा . सस्वती बाटी, बाग्मती प्रदेश सभा सदस्य शसिजंग थापा, जिल्ला समन्वय समितिका नवराज गेलाल, सुर्य बिनायक नगरपालिकाका नगर प्रमुख बासुदेब थापा, उपप्रमुख जुना बस्नेत, राजेन्द्र राजथला, नेकपा ऐमाले भक्तपुर जिल्ला अध्यक्ष बच्चन देउजा लगाएत मध्यपुर थिमिका संस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिको पनि उपस्थिति थियो ।


उक्त कार्यक्रममा बोल्नु हुँदै पूर्व प्रधानमन्त्री तथा नेकपा ऐमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रनिर्माणमा लागेको अवस्थामा अरुको पछाडी लाग्ने नभई आफ्नै पौरखले केही गर्ने बेला आएको बताउनु भयो । शंखधर शाख्वा को बालुवा सुनमा परिणत हुन सक्छ भने मेहनत र परिश्रम गर्न सके माटो पनि सुन बन्ने बताउनु भयो ।

सोही क्रममा पत्रकार भरतबन्धु थापालाई  सम्मान पनि गरीएको थियो ।

तस्बीर – भरतबन्धु थापा ।

Buzz Education

ताजा समाचार

बिप्लपको नेकपाले गऱ्यो एमसिसी बिरोधि आन्दोलनको घोषणा ।

Madhyapur Diary

मध्यपुरमा नेपाल संबत एप र पात्रो सार्वजनिक हुँदै ।

Madhyapur Diary

मध्यपुर लिगको २२ औं खेलमा वडा ३ द्वारा ४ पराजित | नतिजा -३-१

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy