टीभी मनोरञ्जन समाचार समाज

नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको आयोजना तथा नमस्ते ख्वप टिभी र नेपाल फोटो संसार प्रा.लि को सहकार्यमा शुभकामना आदानप्रदान ,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न ।

Buzz Education

नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको आयोजना तथा नमस्ते ख्वप टिभी र नेपाल फोटो संसार प्रा.लि को सहकार्यमा शंकधर पार्टी प्यालेस ठिमी भक्तपुरमा शुभकामना आदानप्रदान ,बधाई तथा सम्मान कार्यक्रम २०७८-०७-१४ मा सम्पन्न भएको छ।


नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाका अध्यक्ष चुडामणि फुयालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ रहनु भएको थियो ।


विशेष अतिथि नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ ,प्याब्सन केन्द्रीय सचिव भुवन लाल श्रेष्ठ ,प्याब्सन केन्द्रीय सह-कोषाध्यक्ष गणेश बाबु पोखरेल ,राष्ट्रिय टेलिभिजन प्रसारक संघका अध्यक्ष शंकर अधिकारी ,नमस्ते ख्वप टिभी का अध्यक्ष बालकृष्ण श्रेष्ठ रहनु भएको थियो ।


उक्त कार्यक्रममा भक्तपुर जिल्लाका चार वटै नगरपालिकाका नव निर्वाचित प्याब्सन नगर कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरिएको थियो ।
नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको राहत कोष तथा नमस्ते ख्वप टिभीको स्टुडियो निर्माणको लागि संघका अध्यक्ष चुडामणि फुयाल ,उपाध्यक्ष प्रदिप श्रेष्ठ ,दिल कृष्ण प्रजापति ,भुवन लाल श्रेष्ठ ,विनोद काफ्ले ,राम कुमार भट्टराई ,कृष्ण कार्की ,गणेश बाबु पोखरेल र अनिल न्यौपानेले सहयोग गर्नुभएको थियो ।


नव गठित नृत्य निर्देशक संघ नेपाल चन्द्रागिरी नगर कमिटि लाई प्रमुख अतिथिले बधाई पत्र द्वारा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय पदाधिकारी ,काठमाडौं जिल्ला शाखाका पदाधिकारीहरु ,ललितपुर जिल्ला शाखाका पदाधिकारी र चन्द्रागिरी नृत्य कलाकर्मी संघका पदाधिकारीहरु लगायत भक्तपुर जिल्लाका करिव ५० जना प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशेष अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ ,प्याब्सन केन्द्रीय सचिव भुवन लाल श्रेष्ठ ,प्याब्सन केन्द्रीय सह-कोषाध्यक्ष गणेश बाबु पोखरेल ,राष्ट्रिय टेलिभिजन प्रसारक संघका अध्यक्ष शंकर अधिकारीले शुभकामना मन्तव्य दिनुभएको थियो ।


प्रमुख अतिथिले शुभकामना मन्तव्य दिनुहुदै नृत्य दिवस मध्यपुर ठिमी नगरपालिका बाट सुरुवात गर्ने उद्घोष गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखा कोषाध्यक्ष रञ्जना सितिखु तथा नमस्ते ख्वप टिभीका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रम समापन गर्दै नृत्य निर्देशक संघका अध्यक्ष चुडामणि फुयालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिदै कार्यक्रम समाप्तिको घोषणा गर्नुभएको थियो ।

Buzz Education

ताजा समाचार

मध्यपुर – २ सानोथिमि स्थित ऐतिहासिक सोराह हिटी पुननिर्माण सम्पन्न

Madhyapur Diary

मध्यपुर ९ – निकोसेरा भक्तपुर सडक खण्ड ढलान गरीने ।

Madhyapur Diary

सानोठिमी टेक्वान्डो डोजाङको बेल्ट टेस्ट तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy