
नेपाली कांग्रेसको वडा अधिवेसन देशैभरी चलिरहंदा भक्तपुर जिल्ला पनि यो हप्ता अधिवेसनको माहोलले तात्यो । कतिपय ठाउँमा प्रतिस्पर्धा भए त कतिपयमा सर्वसम्मतिमा उम्मेदवारहरु चुनिए ।
मध्यपुर थिमि नगरपालिका वडा न ४ लायकुका पवन सिंबन्जा श्रेष्ठ भने यो हप्ता चर्चाको केन्द्रमा रहे। कारण थियो उनी भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाका ३८ वटा वडाहरूमा भएको नेपाली कांग्रेस वडा अधिवेसनमा उनी सबैभन्दा कान्छो उमेरका क्षेत्रिय प्रतिनिधि चुनिए ।

जसै उनी क्षेत्रिय प्रतिनिधिमा छनौट भए, चिनेजानेका प्राय सबैले उनलाई कान्छो क्षेत्रिय प्रतिनिधि भनी बधाई र सुभकामना दिन थाले । आम युवावर्ग राजनिति बाट बिरक्त भएर पर भाग्न खोजिरहंदा मध्यपुर थिमि लायकुका २२ बर्षिय यी नेपाली कांग्रेस वडा न. ४ का क्षेत्रिय कान्छो प्रतिनिधि भने देशलाई भ्रष्टाचारबाट उन्मुक्ति दिन र देशको बिकासको लागि असल मनभएका युवाहरू राजनितिमा आउनु पर्ने बताउँछन ।

थर सिंबन्जा अर्थात काठ व्यापारी भएपनि पारिवारिक पेशा कृषि कर्म रहेका पवन सिंबन्जा फूर्सदमा परिवारलाई सघाउन मन पराउँछन । सानैदेखि राजनितिमा रुचि लिने गरेका पवन हुने बिरुवाको चिल्लो पात भनेझैं अरुलाई सधै सहयोग गर्दै हिंड्थे उनी । कहिले रक्तदान कार्यक्रम त कहिले सरसफाई कार्यक्रम र आपत बिपदमा परेकालाई सहयोग गर्दै हिंड्थे ।

कोमिड १९ सुरुवाती चरणमा फैलदै गर्दा सबै मानिस घरमै थुनिएर बसेका बेला उनी भने आफ्ना साथीहरुलाई बटुलेर
घरघरमा सेनिटाईजर, साबुन र मास्क बाँढ्दै हिडे । मध्यपुर थिमिका ४८८ घरमा पुगेर ती सामाग्रि बितरण गरेको उन्ले सुनाए । नेपाली कांग्रेसको बि . पि कोईराला र गगन थापा को व्यक्तित्व बाट निक्कै नै प्रभावित उन्ले नया पुस्ताले राजनितिका सकारात्मक कुराहरूलाई लिएर आगाडी बढनु पर्नेमा जोड दिन्छन ।

३ बर्ष अगाडी गुठी बिद्येएक बिरुद्ध आन्दोलन हुँदा मध्यपुर बासिहरूलाई जनचेतना फैलाउन रातदिन लागेको उनी सम्झन्छन । टोलटोलमा गएर गुठी बिधयेकको बारेमा फाईदा बेफाईदा सम्झाउन बहस छेड्ने भेला र सभाहरु गर्दै हिंडे ।
सानै देखि राजनितिमा रुचि राख्ने सिंबन्जाले घर परिवारले राजनितिमा लाग्न कुनै अवरोध नगरेको हामिलाई बताए ।
जाँदाजाँदै भबिष्यमा देश र जगतको सेवा गर्न आफू पूर्णकालिन राजनितिमा लाग्ने लक्ष्य रहेको
बताए । भक्तपुर जिल्ला कै सबैभन्दा कान्छो क्षेत्रिय प्रतिनिधि भनि चिनिएका पवन सिंवन्जा श्रेष्ठ अर्थात कान्छो क्षेत्रिय प्रतिनिधिलाई हाम्रो पनि बधाई ।
मध्यपुर डायरी
बिज्ञान श्रेष्ठ

